arrow

नबिल बैङ्कका ग्राहकलाई शाओमी ब्राण्डका सामानको ईएमआई सुविधा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
mou-nabil--xiomi.jpg

काठमाडौँ। नबिल बैङ्कका ग्राहकलाई शाओमी ब्राण्डका सामान  खरिद गर्दा ब्याज नलाग्ने भएको छ। नबिल बैङ्क लिमिटेड र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा नबिल बैङ्कका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नबिल बैङ्क ग्राहकले शाओमी ब्राण्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्ने छैन। यस्तो सुविधा ३ महिना र ६ महिनाको लागि उपलब्ध गराइएको नबिल बैङ्कले जनाएको छ।

शाओमी ब्राण्डको मोबाइल खरिद गर्दा शून्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत  डाउन पेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्ने छन्। त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउन पेमेन्ट गरेमा ब्याज नलागे पनि न्यूनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ। सुविधा लिन भने नबिल बैङ्क क्रेडिट कार्ड होल्डर हुनु पर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ