arrow

तराईमा हुस्सु : शनिबारसम्म यस्तो छ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
tarai-hussu.jpg

काठमाडौं । आज तराईका भू-भागहरुमा बिहानीपख बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण दैनिक जनजीवन कष्टकर बनेको छ । जल तथा मौसम कविज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।

आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

भोलि दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 पर्सी शनिबार प्रदेश नं. १ लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



नयाँ