arrow

पञ्चशील पालना गर्दै लुम्बिनीदेखि कुशीनगरसम्म साइकल यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
cycle-women.jpg

काठमाडौं । बौद्ध परिपथ साइकल यात्रा संयोजन समितिले भोलिदेखि लुम्बिनीदेखि भारतको कुशीनगरसम्म साइकल यात्रा गर्ने भएको छ । 

तीन दिने साइकल यात्रा पञ्चशील पालना गर्दै हरेक दिन ध्यान र साधनासहित बुद्धको जन्मस्थान लुम्बिनीबाट शुरु हुने भएको हो । 

साइकल यात्रा बुद्धको मामाघर रामग्राम हुँदै बुद्ध महापरिनिर्वाण भएको स्थान कुशीनगरमा पुग्नेछ । 

तीन दिनमा करिब दुई सय किलोमिटरको यात्रा हुने पनि जनाइएको छ । माघ २० गते पहिलो दिन बिहान ८ बजे ध्यान शुरु गरेर ९ बजे लुम्बिनीदेखि भैरहवाको २२ किलोमिटरको यात्रा दुई घण्टामा तय गर्ने जनाइएको छ । 

त्यस्तै भैरहवाबाट देवदह १६ किलोमिटर र देवदहबाट ९ किलोमिटर रामग्राम पुगेर त्यहीँ बास बस्ने कार्यक्रम रहेको छ । 

दोस्रो दिन ध्यान साधनापछि रामग्रामबाट ८ किलोमिटर महेशपुर र महेशपुरबाट भारतको सीमा थुन्तीबारी पुगिने छ । थुन्तीबारीबाट १३ किलोमिटर रहेको निचलाउलमा पुगिने छ । दोस्रो दिन राति त्यहीँ बास बस्ने आयोजकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ