arrow

सर्वोच्च अदालतमा बलात्कार आरोपी सन्दीप विरुद्धको आज पहिलो सुनवाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
sandeep-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपी नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको पहिलो सुनवाई आज हुँदैछ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । 

उक्त निवेदनमाथि आज पहिलो सुनुवाइ हुने भएको हो । गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए । 

उच्च अदालतको गत पुस २८ को आदेशपछि २० लाख रुपैयाँ धरौती तिरेर पुस २९ गते रिहा भएका सन्दीपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको दुई दिनपछि आज सर्वोच्चमा पहिलो सुनवाइ हुन लागेको हो । 

संघको यो निर्णयको आलोचना भइरहेको छ ।

लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । हिजो देखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएकोमा लामिछाने त्यसका लागि हिजो त्रिवि मैदानमासमेत पुगेका थिए । 

तर हिजो बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएको क्रिकेट संघका एक कर्मचारीले जानकारी दिएका छन् ।

उनका अनुसार क्यानको निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवतः आजबाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । 

नेपालले आगामी महिना आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ