arrow

निर्वाचन आयोगबाट न्याय नपाए अदालतमा जाने उमेश श्रेष्ठको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
umesh-shrestha-press-meet.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नम्बर २ का कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले आफूले निर्वाचन आयोगबाट न्याय पाउनेमा विश्वस्त भएको बताएका छन् । 

चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अवैध नागरिकताका कारण सांसद पद गएपछि दोस्रो स्थान हासिल गरेका श्रेष्ठले आफूलाई निर्वाचित गर्नुपर्ने भन्दै आज निर्वाचन आयोगमा माग दाबी गरेका छन् । 

त्यसपछि पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आफूलाई आयोगले न्याय दिनेमा आफू विश्वस्त रहेको बताए । 

उनले यदि आयोगले आफूलाई न्याय दिएन भने अदालत जाने घोषणा गरेका छन् । उनले विधिको शासनका लागि पनि नजिर स्थापना गर्न आफू अदालत जाने बताएका हुन् । 

यद्यपि उनले आफू अदालतसम्मै जान नपर्ने गरी निर्वाचन आयोगले न्याय दिनेमा विश्वस्त रहेको पटक पटक दोहोर्याए । 

भोलिका दिनमा पनि यस्ता घटना दोहोरिन सक्ने भन्दै श्रेष्ठले त्यस्तो घटनाको समाधानका लागि पनि आफू नजिर स्थापना गर्न माग दाबी गर्न बाध्य भएको बताए । 

रविका बारेमा उनले भने, ‘उहाँ उपप्रधानमन्त्री हुनु भा’को । सांसद भा’को । उहाँको शुरुदेखिकै प्रक्रिया गलत । यसलाई मान्यता दिन मिल्दैन ।’

त्यस्तै श्रेष्ठकी अधिवक्ता राधिका खतिवडाले पनि रवि लामिछानेको शुरुको प्रक्रिया नै बदर भएको दाबी गरिन् । बदर उम्मेदवारले पाएको मत पनि बदर भएको भन्दै दोस्रो स्थान हासिल गरेका उमेश श्रेष्ठ नै विजयी भएको उनले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ