arrow

टीयूलाई विद्यार्थीको आग्रह – धतुरो खाएर रुटिन प्रकाशन नगरिदिनुहोला [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
tu-students-birodh-2079-10-22.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय बल्खुमा घेराउ गरेका छन् । स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गर्न माग गर्दैै विद्यार्थीहरुले कार्यालय घेराबन्दी गरेका हुन् । उनीहरुले त्रिविको गैर जिम्मेवारी हर्कतका विरुद्ध कार्यालय घेराउ गर्न पुगेको बताएका छन् । 

उनीहरुले त्रिविले अहिलेसम्म वार्षिक क्यालेन्डर नबनाइ हचुवाको भरमा परीक्षा तालिका ल्याएको भन्दै आपत्ति जनाएका छन् । 

विद्यार्थीहरु आफूहरु रोबोट हैन मानव भएको भन्दै हचुवामा यस्तो तालिका नल्याउन मागसमेत गरेका छन् । 

उनीहरुले विश्वविद्यालयको दादागिरी कहिलेसम्म ? गाँजा, भाङ, धतुरो खाएर रुटिन प्रकाशन नगरि दिनुहोला, विद्यार्थीहरुको सहमति बिनाको यो शैक्षिक बलात्कार हो लगायतका प्लेकार्डसमेत बोकेका थिए । 


 

559ce4e4-68cb-4eb3-b21d-81e744b8a1ec.JPG
ca171b9c-bb35-4fb0-bd27-dc0b2e50a679.JPG
48b87951-f3bb-44b1-9c6a-18f97ac379a9.JPG
1d063002-65e5-472b-94d0-0713979be0d6.JPG
cfc8338e-0b48-4fa2-b702-7c944745b441.JPG
6863d808-05f5-406a-a1d7-1ac6f307b3de.JPG
b3d6dea2-b118-4cd0-8a0e-b21b5e7f83a8.JPG
09dd0f41-908f-4e5c-9812-c1582f920f9b.JPG
f9052f82-c15c-4656-a5db-1c60dfea9ac9.JPG
61af8788-32af-4657-b06f-fc434e8174ca.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ