arrow

फेरि बढ्यो सुनको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
gold-silver-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। सुनको मूल्य सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।  

गत दुई शुक्रबार र आइतबार सुन प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ। सोमबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ