arrow

पाकिस्तानको आतंकवाद, हत्या, हिंसा र अतिवादविरुद्ध हस्ताक्षर अभियान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
against-pakistan-2023.jpg

काठमाडौं । राष्ट्रिय एकता अभियानले पाकिस्तानमा जारी आतंकबाद, हत्या हिंसा र अतिवादविरुद्ध  हस्ताक्षर अभियान शुरु भएको छ । अभियानका केन्द्रीय सदस्य डा‍ प्रभात कुशवाहको नेतृत्वमा काठमाडौंको गौशालामा हस्ताक्षर अभियान शुरु भएको हो । 

पाकिस्तानमा प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानी अल्पसंख्यकको सुरक्षा गर, हिन्दूहरुको हत्या बन्द गर र धार्मिक अतिवाद अन्त्य गर भन्दै हस्ताक्षर अभियान शुरु अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए । 

उनले भने, ‘पाकिस्तानमा हिन्दू लगायत अल्पसंख्यक समुदायमाथि अतिवादी मुस्लिमहरुले निरन्तर सताउने तथा दुःख दिने गरिरहेका छन् । त्यसैको जानकारी विश्व जगतले पाओस् भनेर अभियानले हस्ताक्षर अभियान शुरु हो ।

पाकिस्तानमा हिन्दूहरु निकै कम संख्यामा मात्र छन् । बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा १० प्रतिशत हिन्दूहरु थिए । तर व्यापक धर्मान्तरण र ज्यादतीका कारण अहिले यो मात्रा १ प्रतिशतमा झरेको छ । 

हिन्दूहरुमाथि भइरहेको अत्याचार झनै झाँगिएको छ । यसले पाकिस्तानको सामाजिक सूत्र नै विभक्त भइरहेको छ । अल्पसंख्यक हिन्दू र सो समूदायका महिलाहरुमाथि भइरहेका विभेद तथा अपराधविरुद्ध पाकिस्तानमा न्यायको कुनै गुञ्जायस नै छैन । यस्तो अत्याचार नियमित जस्तै भइरहेको छ । 

यद्यपि पाकिस्तान सरकारले विश्वलाई आफ्नो मुलुकमा त्यस्तो कुनै अपराध र ज्यादती नभएको भन्दै ढाँटिरहेको छ । पाकिस्तान अहिले पनि महिला अधिकार र सुरक्षालाई लिएर विश्वकै खराब मुलुकमा पर्छ । 

हिन्दू महिलाहरुमाथि भएको अपराधका घटनाहरु विभिन्न प्रहरी कार्यालयका दराजमा थन्क्याइएको छ । न त्यसलाई पाकिस्तान सरकार, न त प्रशासनले नै अघि बढाउन चाहन्छ । यसैकारण पाकिस्तान महिलाहरुका लागि खराब राष्ट्रमध्ये १५० औं स्थानमा छ । जबकि यो तुलना १५३ राष्ट्रहरुभित्र मात्रै भएको हो ।

पाकिस्तानमा हिन्दूहरुमाथि जे भइरहेको छ त्यसले विश्वलाई अतिशय पीडा र विह्वल बनाइरहेको छ । पाकिस्तानी हिन्दूका परिवारहरुले आफ्ना छोरीचेली गुमाइरहेका छन् । अपहरण गरिएका किशोरीहरुलाई जबर्जस्ती मुस्लिमहरुले विवाह गर्ने गरेका छन् र यौन बजारमा बेचिदिएका छन् । 

पाकिस्तानका हिन्दूहरु गरिब छन् र उनीहरु सुरक्षित रुपमा भारत आउन पनि सक्दैनन् । यसैकारण अधिकांश हिन्दूका बालबच्चाहरु विद्यालय जानसमेत पाएका छैनन् । कारण, त्यहाँ डर छ कि उनीहरु जतिसुकै बेला प्रताडित हुन सक्छन् । 

केही मध्यमवर्गीय हिन्दूहरुको जीवन त सहज देखिन्छ तर सामाजिक विभेदले यतिसम्म जरा गाडेको छ कि त्यहाँ समान अधिकारप्राप्ति र उपभोगको कुनै आधार छैन । हिन्दू अल्पसंख्यकमाथि बढिरहेको अत्याचारको आँकडा नै यो विषयलाई बुझ्न पर्याप्त छ । 

हरेक वर्ष करिब पाँच हजार हिन्दूहरु पाकिस्तान छाडिरहेका छन् र भारतमा निर्वासित जीवन बिताइरहेका छन् । किनकि उनीहरु पाकिस्तानले गरिरहेको अत्याचार सहनै नसक्ने अवस्था पुगेपछि भारत जाने गर्छन् । 

यसैका कारण भारतको राजधानी दिल्लीमा पाकिस्तानी हिन्दूहरुको शरणार्थी शिविर बढिरहेको छ । जहाँ भारत सरकारले पीडितहरुका लागि आधारभूत आवश्यकताहरु उपलब्ध गराइरहेको छ । 

भारत आइसकेका हिन्दूहरु अझै पनि कानूनी रुपमा पाकिस्तानमै छन् । किनकि रेकर्डबाट उनीहरुको संख्या पाकिस्तान सरकारले हटाएको छैन । पाकिस्तान यो देखाउन चाहन्छ कि सबै हिन्दूहरु पाकिस्तानमै छन् । हिन्दूहरुले देश छाड्नुको एउटै कारण पाकिस्तान सरकारले सृजना गरेको दबाब र बलजफ्तीपूर्ण अवस्था नै हो । 

दिल्लीस्थित क्याम्पका हरेक हिन्दूहरुसँग कहालीलाग्दो विगत छ । हरेक पाकिस्तानी हिन्दू शरणार्थीहरुले भारतमा पनि कठिन अवस्था भोगिरहेका छन्, जस्तो कि भारत आश्रित अन्य देशका शरणार्थीहरुले भोगिरहेछन् । सुविधाका लागि भन्दा पनि ज्यान जोगाउन पाकिस्तानबाट भारत आइपुगेका हिन्दूहरु जिउँदै रहेकोमा खुशी देखिन्छन् ।

हरेक पटक पाकिस्तानी प्रधानमन्त्रीहरु दाबी गर्छन् कि उनीहरुको झण्डामा भएको सेतो रङले अल्पसंख्यक हिन्दूहरुको प्रतिनिधित्व गर्छ । तर विश्वले बुझिरहेको छ कि यो पाकिस्तानी प्रोपोगाण्डा मात्रै हो ।

भारतविरोधी कुनै आतंकवादी आफ्नो भूमिमा नरहेको दाबी गरेजस्तै पाकिस्तानले यो पनि अस्वीकार गरिरहेको कि त्यहाँ कुनै जबर्जस्ती छैन र अल्पसंख्यकहरुको मानवअधिकार पुरै सुरक्षित छ । 

तर यस्तो पाकिस्तानी दावा सरासर झुटको पुलिन्दा शिवाय अरु केही होइन । पाकिस्तानी सरकारी अधिकारीहरु विश्वलाई ढाँट्न निकै अभ्यस्त छँदैछन् । तर जतिपटक दोहोर्याए पनि झुट सत्यमा बदलिन सक्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ