arrow

घरेलु हिंसा गरेको भन्दै राखीले पतिलाई बुझाइन् प्रहरीलाई, डिभोर्स दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
rakhi-sawant-durrani.jpg

मुम्बई । राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार पक्राउ परेका दुर्रानीलाई धारा ५०४, ५०६, ३३२ र ४०६ को उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । 

प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन् । अन्ततः उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेशन लगेको हो । पक्राउ गरिएका सावन्तका पतिलाई मुम्बईको ओसिवारा पुलिस स्टेशनमा राखिएको छ । उनीसँग सोधखोज जारी छ ।  

राखी सावन्तले भनेकी छिन्, ‘मंगलबार बिहान उनी मेरो घरमा आए, मलाई कुटपिट गरे अनि मैले सहन नसकेर पुलिसलाई खबर गरेँ ।’ उनले आफूमाथि निरन्तर घरेलु हिंसा भएको भन्दै राखीले यसअघि दुईवटा एफआईआर पनि दर्ता गराएकी थिइन् ।

पति पक्राउ परे पछि सञ्चारकर्मीसँग राखीले भनेकी छिन्, ‘यो मान्छेसँग म बस्न सक्दिन, उनी धेरै केटीसँग अहिले पनि सुत्छन्, मैले अन्तिममा पनि तनुलाई छाडेर आइज भनेको थिएँ तर उसले मानेन, अब म डिर्भोस गर्छु ।’

राखी सावन्तको विवाह केही साता अघि मात्रै भएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ