arrow

टर्किए भूकम्प : ८ हजार पुगे मृतक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
earthquake-turkeye.jpg

काठमाडौं । दक्षिणपूर्वी टर्किएमा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाउनको सङ्ख्या करिब ८ हजार पुगेको छ । सोमबार टर्कीए र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ७ हजार ९ सय २६ जनाको मृत्यु भएको छ ।

टर्कीमा ५ हजार ८ सय ९४ जनाको ज्यान गएको छ भने ३४ हजार ८ सय १० जना घाइते भएका छन् । भूकम्पले टर्कीमा करिब ६ हजार भवन ध्वस्त भएका छन् । 

सिरियामा १ हजार २ सय २० जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकारी नियन्त्रित भागहरूमा कम्तीमा ८१२ जनाको मृत्यु भएको पुष्टि भएको सरकारी सञ्चारमाध्यम सानाले जनाएको छ। सिरियामा ४ सय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । 

दक्षिणपूर्वी टर्किएमा गएको भूकम्पले मध्यपूर्वका चार देश टर्किए, सिरिया, लेबनान र इजरायललाई हल्लाएको थियो ।  लेबनान र इजरायलमा भूकम्पको धक्का महसुस गरिए पनि कुनै क्षति भएन ।

 भूकम्पको केन्द्रबिन्दु टर्कीए र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश देखिएको छ ।भूकम्प गएको केही समयपछि पराकम्पहरूका बीच केही घण्टापछि ७.६ रेक्टर स्केलको भूकम्प पनि गएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ