arrow

के भयो प्रचण्ड र सामन्थाबीच कुराकानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
prachanda-samantha-.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अमेरिकन नियोग युएसएडकी प्रमुख प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको हो । 

बुधबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल र पावरबीच शिष्टाचार भेटवार्ता भएको हो। यसअघि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गरेकी थिइन् ।

 सामन्था पावर मंगलबार नै नेपाल आएकी हुन्। नेपाल आएलगतै पावरले उच्चस्तरीय भेटवार्ता गरेकी हुन् । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै दुई दिने भ्रमणका लागि सामन्था नेपाल आएकी हुन् । 

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदको सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ