arrow

सिक्किमका नेपाली भाषीलाई विदेशी भन्ने शब्द हटायो भारतीय सर्वोच्च अदालतले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
Supreme-Court-of-India.png
तस्बिर – फाइल ।

काठमाडौं । आमहड्तालदेखि विशाल आन्दोलन हुन थालेपछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।

केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शब्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरेपछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शब्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शब्द हटाउने निर्णय भएको हो ।

गत जनवरी १३ मा भारतको सर्वोच्च अदालतले सिक्किमका बहुसंख्यक नेपाली भाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपाली भाषी समुदाय आन्दोलित भएको थियो । 

सिक्किमलगायत क्षेत्रमा आमहड्तालदेखि विशाल प्रदर्शनसम्म भएको थियो । सिक्किमलगायत नेपाली भाषा बाहुल्य क्षेत्रमा विशाल प्रदर्शन मात्रै भएको थिएन, आमहड्तालसम्म हुँदा भारतका नेपाल भाषी शहर ठप्पसमेत भएका थिए ।

आन्दोलन निरन्तर चर्किदै जान थालेपछि भारतीय सर्वोच्च अदालत सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भन्ने शब्द सच्याउन बाध्य भएको टिप्पणी गरेको छ । सर्वोच्चको सो निर्णयसँगै सिक्किममा भइरहेको आन्दोलन स्थगित भएको आन्दोलनकारीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ