arrow

बढ्यो सुनचाँदीको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
gold-silver-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य बिहीबार प्रतितोला एक सय रुपैयाँले बढेको हो। यसअघि बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

यसैगरी, बिहिबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो। 



नयाँ