arrow

सुरक्षा चिन्तालाई लिएर चिनियाँ सीसीटीभी क्यामेरा हटाउँदै अष्ट्रेलिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
hikvision-cctv-camera.jpg

काठमाडौं। अष्ट्रेलियाले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण डिफेन्स अथवा रक्षा साइटबाट चीन निर्मित निगरानी (सीसीटीभी) क्यामेराहरू हटाउने भएको छ।

एक लेखापरीक्षणले हाइकभिजन र दहुआ कम्पनीले सरकारी जग्गामा बनाएका साइटमा ९०० वटा सर्भेलेन्स उपकरण फेला पारेपछि यस्तो निर्णय आएको हो।

गत वर्ष बेलायत र अमेरिकाले पनि यस्ता उपकरणको डाटामा चीनले पहुँच बनाउन सक्ने चिन्तामा यस्तै कदम चालेका थिए ।

हाइकभिजनले यस्तो चिन्ताको कुरा निराधार भएको भनेको छ भने, दहुआले कुनै प्रतिक्रिया दिएको छैन ।

अष्ट्रेलियाली सरकारी साइटहरूको लेखापरीक्षणले विदेशी मामिला र महान्यायाधिवक्ताका विभागहरू सहित लगभग हरेक विभाग रहेका २०० भन्दा बढी भवनहरूमा क्यामेरा र सुरक्षा गियरहरू फेला पारेको छ।

रक्षा विभागमा समेत एक एकाई फेला परेको छ । तर वास्तविक संख्या भने अज्ञात छ।

रक्षामन्त्री तथा उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले बिहीबार सरकारले डिफेन्स साइटमा फेला पर्ने सबै क्यामेरा हटाउने र पूर्णरुपमा सुरक्षित बनाउने बताएका छन् ।

महान्यायाधिवक्ता मार्क ड्रेफसले पनि सरकारले अन्य सरकारी भवनहरूका क्यामेराहरू हटाउन आवश्यक छ कि छैन भनेर समीक्षा गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ