arrow

राष्ट्रपतिको बिदाइ सम्बोधन संसदमा [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
vidya-devi-bhandari-parliament.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छिन् । अहिले संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गरिरहेकी हुन् । 

नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आजको विशेष सम्बोधनलाई ‘बिदाई सम्बोधन’को रुपमा हेरिएको छ । नेपालको संविधानले एक ब्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ । 

निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगमी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी शुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ । 

दुई कार्यकालको जिम्मेवारी सम्हालेकी राष्ट्रपति भण्डारीले शनिबार साँझका लागि रात्रिभोजकोसमेत आब्हान गरिसकेकी छिन् । उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायधिस, मन्त्रीहरु, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरु, संबैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरु, कुटनीतिक नियोगका अधिकारीहरुलाई निम्तो गइसकेको छ । 

उनी नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा नाम दर्ज गरेर २५ फागुनवाट औपचारिक रुपमा बिदा हुँदैछिन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ