arrow

भारतीय विदेशसचिव क्वात्रा फागुन १ मा नेपाल आउँदै, यसो भन्छ विदेश मन्त्रालय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
binaya-mohan-kwatra-india.jpg

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा तीन दिने नेपाल भ्रमणमा आउँदै छन् । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दैै उनको भ्रमण फागुन १ देखि ३ गतेसम्म तीन दिनको हुने जनाएको हो । 

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल भ्रमणमा आउन लागेका हुन् । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो औपचारिक नेपाल भ्रमण हो । 

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको विदेश मन्त्रालयनले जनाएको छ । 

भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गनेए जनाइएको छ । 

भारत र नेपालबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्ध रहेको भन्दै विदेश मन्त्रालयले यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटि परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको दावी गर्दैै यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्ने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ