arrow

बनबासा–गड्डाचौकी नाकाबाट व्यापक मोटर पार्टस् तस्करी व्यवसायी मारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
gaddachauki_naka.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल भारत सिमानामा रहेको बनबासा गड्डाचौकी नाकाबाट पछिल्लो समय मोटर पार्टस्, गाडीका पार्टपुर्जाहरूको अवैध ओसार पसार व्यापक रूपमा हुन थालेको छ।

प्रहरी र प्रशासनको आँखै अगाडीबाट खुलेआम रूपमा दिल्ली, महेन्द्रनगर चल्ने बसबाट व्यापक रूपमा अवैध मोटर गाडीका नक्कली पार्टपुर्जाको ओसार पसार भई रहँदा नेपालका व्यापारीहरू ठुलो मारमा पर्नुका साथै उपभोक्ता ठगिने र सरकारले पनि ठुलो राजस्व गुमाइरहेको छ।

दैनिक रूपमा आवतजावत गर्ने सयौँ बस तथा अन्य गाडीहरू तथा साइकल, मोटर साइकलमा व्यापक रूपमा पार्टपुर्जाको तस्करी भई रहँदा पनि भन्सार कर्मचारी तथा प्रहरी प्रशासन केही सय रुपैंया को प्रलोभनमा आँखा चिम्लने गरेको देखिएको छ।

यस्ता कार्यलाई निरुत्साहन नगर्ने हो भने यस क्षेत्रका व्यवसायीहरू पलायन हुने अवस्थामा पुग्ने, सरकारी राजस्व ठप्प हुने साथ साथै नक्कली पार्टपुर्जाको प्रयोगले सवारी साधन दुर्घटना बढी व्यापक धनजनको क्षति हुने अवस्था आउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ