arrow

टाटा जेनभोल्टज जेनरेटरको उत्साहजनक बिक्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
tata-gen-voltz-sipradi-generator.jpg

काठमाडौँ। टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनरेटरको छोटो समयमा नै उपभोक्ताहरूलाई मन जित्न सफल भएको छ। टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिका अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरु गरेको टाटा जेनभोल्टज जेनरेटरले छोटो अवधिमै नेपाली जेनरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको हो।

टाटा  जेनभोल्टज जेनरेटरको बिक्रीमा उत्साहजनक ढङ्गले वृद्धि भइरहेको छ। विभिन्न प्रयोजनहरूको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनरेटर उच्च रूपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो पनि छ। त्यसैले बढी भन्दा बढी उपभोक्ताहरूमा यस प्रति आकर्षण देखिरहेको कम्पनीले जनाएको छ।

टाटा मोटर्सको अन्तर्राष्ट्रिय स्तरको विकाश तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ। सिपिसिबि २ सम्बन्धी उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाउँछ। यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रिय स्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि रहेको छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिका ब्याट्री डिभिजनका प्रमुख सुरेश कुमार तिवारी भन्छन्, “टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरण तर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ ऊर्जा प्रदान गरिरहेको छ।  हामी पूर्ण विश्वस्त छौ कि यो नेपालको पूर्वाधार एवं औद्योगिक विकाशको लागि आवश्यक पावर ब्याक अप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल भइरहेको।”

निर्माण एवं पूर्वाधार कम्पनी, होटेल, साना तथा मझौला उद्योग र विद्यालयहरूलाई उपयुक्त यो उत्पादन २५ किलो भोल्ट देखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित  दुवै किसिममा उपलब्ध छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ