arrow

शितल निवासमा रात्रिभोज, कार्यक्रमको मज्जा लिँदै सांसदहरु [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
vidya-nandakishore-prachanda-laugh.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रिभोजको कार्यक्रम आयोजना गरेकी छिन् । राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो साढे ३ बजेदेखि कार्यक्रम आयोजना गरिएको हो । 

सांसदको सम्मानमा सांस्कृतिक कार्यक्रमकोसमेत आयोजना गरिएको छ । भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदको सम्मानमा रात्रिभोज सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकी हुन् । 

सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल, मन्त्रिगण, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुख–प्रतिनिधिलगायत विशिष्ट पाहुनाको सहभागिता थियो ।

राष्ट्रपतिको कार्यकाल सकिँदै गर्दा उनले सांसदहरुका लागि रात्रिभोजको आयोजना गरेकी हुन् । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । 
 

SAVE_20230211_172840 (1).jpg
शितल निवासमा रमाइलो
SAVE_20230211_172840.jpg
SAVE_20230211_172904 (1).jpg
SAVE_20230211_172922 (1).jpg
SAVE_20230211_172928 (1).jpg
SAVE_20230211_173016 (1).jpg
SAVE_20230211_173115 (2).jpg
SAVE_20230211_173121.jpg
SAVE_20230211_173310 (1).jpg
SAVE_20230211_173310 (2).jpg
SAVE_20230211_173324 (1).jpg
SAVE_20230211_173356 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ