arrow

पोखरा-काठमाडौं रात्रिकालीन उडान फागुन ११ बाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
Pokhara international airpot.jpg

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी फागुन ११ गतेदेखि पोखरा-काठमाडौं रात्रिकालीन उडान हुने भएको छ । 

विमानस्थल प्रमुख विक्रमराज गौतमका अनुसार फागुन ११ गतेदेखि उपकरणमा आधारित उडान र अवतरण सेवा विमानस्थलमा सञ्चालनमा आउने छ । 

विमानस्थल शुभारम्भ भएको डेढ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान अन्योलमा छ । विमानस्थल सञ्चालनमा आएसंगै उत्साहित पोखराका पर्यटन व्यवसायी निराश हुन थालेका छन् । 

यस विषयमा उद्योगी, व्यवसायी, सांसद तथा नेताहरुले आवाज उठाउँदै आए पनि सुनुवाइ हुन सकेको छैन । 

यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र रात्रिकालीन उडानको सुविधा छ । 

पोखरा विमानस्थलमा आईएफआर प्रविधि जडान भएका कारण कम भिजिविलिटीमासमेत उडान रोकिने छैन । 

नयाँ विमानस्थलबाट उडान शुरु भएसँगै अब विभिन्न शहरबाट रातको समयमा पोखरा पुग्न र पोखराबाट अन्य शहरमा फर्कन सहज हुने अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ