arrow

क्यान इन्फोटेकमा विद्यार्थीको आकर्षणमा पर्‍यो कान्तिपुर सिटी कलेज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
kantipur-city-college-can.jpg

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा जारी ‘ क्यान इन्फोटेक २०२३’ आज सकिँदैछ । गत माघ २४ गतेदेखि भृकुटीमण्डपमा जारी क्यान इन्फोटेकमा उत्साहजनक रुपमा सहभागीता रहेको छ । 

विद्यार्थीदेखि व्यवसायी तथा लगानीकर्तालेसमेत चासो दिएर अवलोकन गरिरहेको क्यान महासंघले जनाएको छ । सो क्रममा कान्तिपुर सिटी कलेजले आफ्नो शैक्षिक क्यालेन्डरका गतिविधिहरुबारे विद्यार्थीलाई जानकारी गराएको छ ।

त्यस्तै क्यानमा आएर दर्ता गराएका विद्यार्थीलाई जुनसुकै विधामा ५० हजार रुपैयाँसम्म छुट दिने योजना पनि समावेश गरेको छ । 

दुई दर्जनको हाराहारीमा विद्यार्थीले नाम दर्ता गराएको केसीसीका असीम केसीले जानकारी दिए । अहिले एमएएमसीजे र बीबीएमा भर्ना खुलेको भन्दै उनले विद्यार्थीको आकर्षण रहेको बताए । 

त्यस्तै अन्य विधामा पढ्न चाहनेहरुका लागि पनि जानकारी दिइएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ