arrow

दश वर्षपछि सेनाले स्थापना दिवस भब्य मनाउँदै, भारतीय सैन्य अधिकारीहरु आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
army-day.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली सेनाको स्थापना दिवसको अवसरमा भारतीय सेनाका प्रमुख, पूर्व प्रमुखहरु नेपाल आउने भएका छन् । स्थापना दिवस मनाउनका लागि भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डेसहित भारतीय सेनाका पूर्व प्रमुखहरुलाई पनि नेपालमा आउन लागेका हुन् । 

उनीहरु नेपाली सेनाको विशेष निमन्त्रणामा स्थल सेनाध्यक्ष पाण्डेसहित फागुन पाँच गते काठमाडौँ आइपुग्नेछन् । नेपाली सेनाले भारतीय सेनाका पूर्व प्रमुखलाई पनि आफ्नो २६० औं स्थापना दिवसको अवसरमा निमन्त्रणा गरेको र सो निमन्त्रणमा भारतीय स्थल सेनाका ११ जना पूर्व प्रमुखलाई पनि बोलाइएको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीले बताए ।

 ‘नेपाली सेनाको स्थापना दिवसको अवसरमा प्रमुख र पूर्व प्रमुखहरुलाई आमन्त्रण गरिएको छ’, नेपाली सेनाका प्रवक्ता सहायक रथी भण्डारीले बताए । 
पूर्वप्रमुखहरु विश्वनाथ शर्मा, शंकर रोय चौधरी, वेदप्रकाश मल्लिक, सुन्दराराजन पद्मनभन, निर्मलचन्दर बिज, जोगिन्द्र जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोज मुकुन्द नरवानेलाई सेनाले निमन्त्रणा गरेको हो । उनीहरु फागुन ५ गते आउने र ८ गते फर्किने कार्यक्रम रहेको छ ।

नेपाली सेनाले १० वर्षपछि विशेष कार्यक्रमकाबीच आफ्नो स्थापना दिवस मनाउन लागेको हो । यसअघि २५० औं स्थापना दिवश पनि विशेष कार्यक्रमकाबीच मनाएको थियो । यसअघि पनि छिमेकी राष्ट्रका सेना प्रमुखलाई बोलाइएको थियो । सेनाले छिमेकी सेना प्रमुखहरुलाई बोलाएर कार्यक्रम गर्न लागेको यो पहिलो भने होइन । 

भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे दोस्रो पटक नेपाल आउन लागेका हुन् । गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए । उनले त्यसबेला मानर्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्केका थिए । यसपटक नेपाली सेनाले आयोजना गरेको विशेष कार्यक्रममा आउन लागेका हुन् । 

नेपाली सेनाका ५ वटा कम्पनी स्थापना भएको २६० वर्ष पूरा भएको छ । १८१९ मा पृथ्वीनारायण शाहले ५ वटा कम्पनी स्थापना गरेका थिए । श्रीनाथ, कालीबक्स, सबुज, गोरख र बर्दबाणी नामका कम्पनी पहिलो पटक स्थापना भएका थिए । 

पछि यीमध्ये केहीको नाम परिवर्तन भएको छ। गोरख नामका अरु गणहरू स्थापना भएपछि यसलाई पुरानो गोरख भन्न थालिएको छ । बर्दवाणी कम्पनी पनि जंगबहादुरको पालामा बर्दबहादुर कम्पनीमा परिवर्तन भयो । 

नेपाल चीन युद्धमा बहादुरी देखाएको भन्दै यो कम्पनीलाई बर्दवाणीबाट बर्दबहादुरमा परिणत गरिएको थियो । यही अवसरको सदुपयोग गर्दै नेपाली सेनाले छिमेकी मुलुकका भारतका सेनाध्यक्षहरुलाई बोलाएर स्थापान दिवस मनाउन लागेको हो । यो अवसरमा सेनाले आफ्ना कला कौशलहरु प्रदर्शन गरी अतिथिको स्वागत गर्ने जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ