arrow

नेटोका प्रमुख स्टोल्टनबर्गले अक्टोबरमा राजीनामा दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
Jens-Stoltenberg.jpg

काठमाडौं। लामो समयदेखि सेवारत उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का प्रमुख जेन्स स्टोल्टेनबर्गले चौथो कार्यकालको चाहाना नराखेको र अक्टोबरमा राजीनामा दिने अपेक्षा गरेको गठबन्धनले आइतवार (फेब्रुअरी १२) जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तीमा नेटोका प्रवक्ता ओना लुन्जेस्कुले भनेका छन्,'महासचिव जेन्स स्टोल्टेनबर्गको कार्यकाल तीन पटक थपिइसकेको र उनले करिब नौ वर्ष सेवा गरेका छन्।'

'महासचिवको कार्यकाल यस वर्षको अक्टोबरमा सकिँदैछ र उनको कार्यकाल थप्ने कुनै मनसाय छैन,' उनले अघि भनेका छन्।

२०१४ को अक्टोबर १ मा ६३ वर्षीय पूर्व नर्वेली प्रधानमन्त्रीले ब्रसेल्समा नेटोको मुख्यालयमा आफ्नो पद ग्रहण गरेका थिए। त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय संकटका क्रममा पश्चिमा गठबन्धनको नेतृत्व गरेका छन् ।

२०२१ को अगस्टमा काबुल तालिबान सेनाको हातमा पर्नु भन्दा पहिले नेटो र अमेरिकी सेनाले उनको नेतृत्वमै अफगानिस्तान छोडेका थिए।

१९४०को दशकयता नै युरोपमा जारी सबैभन्दा ठूलो रुस र युक्रेनबीचको युद्धका क्रममा समेत नेटोले उनको नेतृत्वमा प्रतिक्रिया दिइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ