नेटोका प्रमुख स्टोल्टनबर्गले अक्टोबरमा राजीनामा दिँदै
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
1.4k
Shares
काठमाडौं। लामो समयदेखि सेवारत उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का प्रमुख जेन्स स्टोल्टेनबर्गले चौथो कार्यकालको चाहाना नराखेको र अक्टोबरमा राजीनामा दिने अपेक्षा गरेको गठबन्धनले आइतवार (फेब्रुअरी १२) जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तीमा नेटोका प्रवक्ता ओना लुन्जेस्कुले भनेका छन्,'महासचिव जेन्स स्टोल्टेनबर्गको कार्यकाल तीन पटक थपिइसकेको र उनले करिब नौ वर्ष सेवा गरेका छन्।'
'महासचिवको कार्यकाल यस वर्षको अक्टोबरमा सकिँदैछ र उनको कार्यकाल थप्ने कुनै मनसाय छैन,' उनले अघि भनेका छन्।
२०१४ को अक्टोबर १ मा ६३ वर्षीय पूर्व नर्वेली प्रधानमन्त्रीले ब्रसेल्समा नेटोको मुख्यालयमा आफ्नो पद ग्रहण गरेका थिए। त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय संकटका क्रममा पश्चिमा गठबन्धनको नेतृत्व गरेका छन् ।
२०२१ को अगस्टमा काबुल तालिबान सेनाको हातमा पर्नु भन्दा पहिले नेटो र अमेरिकी सेनाले उनको नेतृत्वमै अफगानिस्तान छोडेका थिए।
१९४०को दशकयता नै युरोपमा जारी सबैभन्दा ठूलो रुस र युक्रेनबीचको युद्धका क्रममा समेत नेटोले उनको नेतृत्वमा प्रतिक्रिया दिइरहेको छ।