arrow

वसन्त र देवीको ठाडो भाकामा ‘दरमखोला’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
Daram khola.jpg

पोखरा । मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो । 

सार्वजनिक भएको तीन दिनमै गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा दुई लाख ११ हजार बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन् । सङ्गीत रचना गायक थापा आफैँले गरेका हुन् ।

ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक/श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो । 

पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गर्थ्यो । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । सङ्गीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका सङ्कटमा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ