arrow

भारतीय सचिव क्वात्रा नेपालमा, राष्ट्रपतिसहित शीर्ष नेतालाई भेट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
binayamohan.jpg

काठमाडौं । दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आज काठमाडौं आइपुगेका छन्। भारतको  नयाँ दिल्लीबाट  केही समय  अघि विदेश सचिव क्वात्रा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमानबाट उत्रिएका  हुन्।  

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा सचिव क्वात्रा नेपाल आएका हुन् । आजै परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक हुँदैछ । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछ । 

क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ ।  

क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्दै छन् । क्वात्राले आजै एमाले अध्यक्ष ओलीसँग भेट्ने कार्यक्रम छ ।

भोलि कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेर सचिव क्वात्रा स्वदेश फर्कनेछन् । विदेश सचिवको कार्यभार सम्हाले पछिको यो उनको पहिलो नेपाल भ्रमण हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ