- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । तर बैंकहरु खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो ।
तर नेपाल राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सोमबार नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।