arrow

नेपाल-भारतका सचिव छलफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
quatra-meet.jpg

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी भएका छन् । परराष्ट्र सचिव भरतराज पौड्याल र  भारतीय विदेश सचिवबीच सचिवस्तरीय छलफल भएको हो ।  

क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सो अवसरमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको जनाइएको छ ।

परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल भ्रमणमा आएका हुन् । उनी नेपालको दुई दिने औपचारिक भ्रमणमा आज यहाँ आइपुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ