arrow

घुस लिएको अभियोग लाग्यो चीनको साङ्घाईका पूर्व प्रमुख ‘प्रोक्युरेटरेट’माथि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
chinese-leader-bribery.jpg

बेइजिङ । ‘साङ्घाई पिपुल्स प्रोक्युरेटरेट’का पूर्व प्रमुख झाङ बेनकाईलाई घूस लिएको आरोपमा अभियोग लगाइएको छ ।

सुप्रिम पिपुल्स प्रोक्युरेटरेट एसपीपीका अनुसार झाङले आफूले सम्हालेका विभिन्न पदको फाइदा उठाएर पर्याप्त रकम र बहुमूल्य सामानहरू लिएको  अभियोगमा उल्लेख छ ।

झाङको मुद्दामा अनुसन्धान पछि, यसलाई एसपीपीको समीक्षा र अभियोजनको लागि फुजियान प्रान्तको जियामेन शहर प्रोक्युरेटरेटलाई हस्तान्तरण गरिएको थियो ।

एसपीपीले जारी गरेको विज्ञप्तिमा अभियोजकहरूले प्रतिवादीलाई आफ्नो मुद्दाको अधिकारको बारेमा जानकारी दिएको, सोधपुछ गरेको र वकिलहरूको राय सुनेको उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ