arrow

भूकम्प पीडित टर्किएका नागरिकलाई चेम्बरको राहत सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
chamber-of-commerce-building.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भूकम्प पीडित टर्किएका नागरिकलाई राहत सामग्री सहयोग गरेको छ । टर्किएमा गएको महाभूकम्पका कारण प्रभावित भएका नागरिकहरुका लागि मानवीय सहायता स्वरुप चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामाग्रीहरु सहयोग गरेको हो । 

टर्किएका प्रभावित नागरिकका लागि ५ सय थान पस्मिनाका बस्तु र अक्सिजन कन्सन्ट्रेट सहयोग गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । 

नेपालमा २०७२ सालको विनाशकारी भूकम्प जाँदा टर्किएले पनि राहत सामग्री उपलब्ध गराएको स्मरण गर्दै अध्यक्ष मल्लले प्राकृतिक विपदमा एक अर्का देशका नागरिकलाई मानवीय दृष्टिकोणले सहयोग गर्नुपर्ने बताए । 

चेम्बरले गृह मन्त्रालयमार्फत सहयोग सामग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यकताअनुसार नेपालीहरुलाई उद्धार गर्नसमेत चेम्बरले आग्रह गरेको छ ।

चेम्बर अफ कसर्सले यसअघि अफगानस्तानमा पनि मानवीय सहायता अन्तर्गत आर्थिक सहयोग गरेको थियो । 

परराष्ट्र मन्त्रालयको समन्वयमा चेम्बर अध्यक्ष मल्ल सहितको टोलीले अफगानस्तानमा नै पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ