arrow

रुसले ठूलो युद्धको तयारी गर्दैछ, स्वीडेन र फिनल्याण्डले चाँडो सदस्यता पाउनुपर्छ : नेटो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
nato-Secretary-General-Jens-Stoltenberg.jpg

काठमाडौं। नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेनका लागि थप सैन्य सहायताको बारेमा छलफल गर्न बैठक बस्नुअघि गरेको टिप्पणीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले थप युद्धको तयारी गरिरहेको चेतावनी दिएका छन् ।

मास्कोले युक्रेनमा युद्ध सुरु गरेको एक वर्ष हुने दिन फेब्रुअरी २४ मा थप युद्ध विस्तार गर्न सक्ने अनुमान भइरहका बेला नेटोले यस्तो भनेको हो।

यस्तै नेटोका प्रमुख स्टोल्टनबर्गले स्वीडेन र फिनल्याण्डले जतिसक्दो चाँडो नेटोमा सामेल हुनु महत्त्वपूर्ण रहेको बताएका छन्। तथापि उनले यी दुवै देश एकै पटक अनुमोदित हुन्छन् या हुँदैनन् भन्ने प्रश्न रहेको बताएका छन् ।

फिनल्याण्ड र स्वीडेनले औपचारिक रूपमा सैन्य गठबन्धनमा सामेल हुनु अघि सबै ३० सदस्यहरूको स्वीकृति पाउनुपर्छ।

गत महिना स्टकहोमको टर्किएको दूतावास बाहिर अति दक्षिणपन्थी चरमपन्थीहरूले कुरानको प्रतिलिपि जलाएपछि टर्किएले स्वीडेनलाई गठबन्धनमा सामेल हुन अनुमोदन नगर्ने तर, फिनल्याण्डलाई भने अनुमोदन गर्ने टिप्पणी गरेपछि नेटोका महासचिव स्टोल्नबर्गले यस्तो भनेका हुन्।

'त्यसैले मुख्य प्रश्न फिनल्याण्ड र स्वीडेन सँगै अनुमोदन हुन्छन् कि भन्ने हाइन्। मुख्य प्रश्न यो हो कि तिनीहरू दुबैलाई सकेसम्म चाँडो पूर्ण सदस्यको रूपमा अनुमोदन गर्नुपर्छ,' स्टोल्टेनबर्गले नेटो सहयोगीहरूको बैठक अघि भनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ