arrow

शिवरात्रीको मौकामा पशुपतिमा मेला, साढे बीस लाख रुपैयाँमा सञ्चालनको टेन्डर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
mahashivaratri.JPG
तस्बिर – फाइल ।

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा लाग्ने दुई हप्ते मेलाबजारका लागि अनलाइन टेण्डर प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ ।

महाशिवरात्रीको दिनदेखि दुई हप्तासम्म पशुपति क्षेत्रस्थित वनकालीमा मेलाबजार सञ्चालन गरिनेछ । मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने एम एम बी के एल इभेन्ट एण्ड बहुउद्देश्यीय कम्पनीलाई २० लाख ५० हजारमा सञ्चालनको जिम्मेवारी दिइएको कोषले जनाएको छ । 

गत वर्षभन्दा यसपटक ५ लाख ५० हजार बढीमा सो कम्पनीलाई मेलाबजार सञ्चालन गर्न दिइएको मेलाबजार तथा साजसजावट उपसमितिका संयोजक पूर्ण संगम जेठाराले जानकारी दिए ।

मेलामा बालबालिका एवं वयस्कका लागि रमाइलो पिङलगायतका खेलहरूका साथै विभिन्न सामग्रीहरूको किनमेल गर्न सकिने गरी आकर्षक बिक्रि कक्षहरू सञ्चालन गरिने जनाइएको छ । 

यसपटको शिवरात्रीको मुख्य अतिथिको रुपमा भारतबाट शंकराचार्य स्वामीको आगमनले पनि धेरै दर्शनार्थी र भक्तजनको भिड बढ्ने संयोजक जेठाराले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ