arrow

स्कटल्याण्डकी सरकार प्रमुख स्टर्जनको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
Scotland-Nicola-Sturgeon.jpg

काठमाडौं। स्कटल्याण्डकी प्रथम मन्त्री अथवा स्कटिश सरकारको प्रमुख निकोला स्टर्जनले राजीनामा दिएकी छिन् । स्टर्जन सन् २०१४ को स्वतन्त्रता जनमत संग्रहको परिप्रेक्ष्यमा सत्तारूढ स्कटिश नेश्नल पार्टी (एसएनपी) को लिडर बनेकी थिइन् । 

त्यो जनमत संग्रहमा यो देश स्कटल्याण्डले युनाइटेड किंगडम (युके या बेलायत) को हिस्सा नै रहेन भन्ने पक्षमा ५५ प्रतिशत मत पाएको थियो।

स्टर्जनले बुधबार पत्रकार सम्मेलनमा भनेकी छिन्, 'मेरो उत्तराधिकारी चयन नभएसम्म म पदमा रहनेछु ।'

हालै स्कटल्याण्डले लिङ्ग पहिचान सुधार विधेयक पारित गरेपछि उनी ट्रान्सजेन्डर नीतिहरूको विवादमा परेकी थिइन् । यो विधेयकले मानिसहरूलाई आफ्नो कानूनी लिङ्ग परिवर्तन गर्न सजिलो बनाइदिएको छ।

उनी युरोपेली संघबाट बेलायतको बहिर्गमनको कडा आलोचक समेत रहेकी थिइन्। तथापि ब्रेक्जिटको विरोध स्कटल्याण्डका बहुसंख्यक मतदाताहरूले गरेका थिए । स्टर्जनले २०२३ को अन्त्य अघि नयाँ जनमत संग्रह गर्न चाहेको समेत बताएकी छिन् ।

यसअघि सन् २०२२ को जुनमा स्टर्जनले २०२३ को १९ अक्टोबरमा बेलायतबाट अलग हुने या नहुने भन्ने नयाँ जनमत संग्रह गर्ने योजना घोषणा गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ