arrow

बैशाख २९ मा ‘हल्कारा’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
Halkara.jpg

पोखरा । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ वैशाख २९ गते रिलिज हुने भएको छ ।

अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ ।

फिल्मले गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको निर्देशक सापकोटाले बताए । 

फिल्ममा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने विनिता थापा मगर मियाको भूमिकामा छिन् ।

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्यूस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । 

यस्तै, चलचित्र नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनोट भएको थियो ।

कलाकारहरु उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की लगायतअभिनित चलचित्रलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् ।

चिन्तन राजभण्डारीको छायाँकन रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरिएको हो । 

फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो । फिल्मलाई काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुपले वितरण गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ