arrow

कहिँ नभएको जात्रा चन्द्रपुर चोकमा  

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ फागुन ३ बुधबार
footpath-chandrapur-nagarpalika.jpg

चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको नारा ‘स्वच्छ चन्द्रपुर–सफा चन्द्रपुर, हाम्रो चन्द्रपुर–राम्रो चन्द्रपुर’ ले हिजोआज गिज्याउन थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग होस् वा चन्द्रपुर–गौर सडक  जताततै लथालिङ्ग छ । 

न ब्यवस्थित पार्किङको ब्यवस्था छ न त फुटपाथ नै खाली छ्न् । बाटोको दुवै छेउँमा दोहोरो पार्किङ गरिएको छ भने फुटपाथ फलफुल र तरकारी ब्यवसायीको कब्जामा छ । अस्तब्यस्त चन्द्रपुर चोक र बजार क्षेत्र ब्यवस्थित बनाउन वर्षमा एकाध सरसफाई र अतिक्रमण हटाएको नाटकमात्र हुने गरेको स्थानीयको आरोप छ । 

नगरपालिका, जिल्ला ट्राफिक, ईलाका प्रहरी र सडक डिभिजनले आफ्नो जिम्मेवारी पूरा गर्ने भन्दा सस्तो प्रचारबाजीमा ध्यान दिएका कारण चन्द्रपुर नगरको मुटु मानिएको मुख्य चोकनै कुरुप बन्दै गएको स्थानीय दिपक पौडेलले आरोप लगाए । 

चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्लेले चोक खाली गराए पनि केही दिनमा ब्यवसायी पुनः बाटो र फुटपाथमा आउने गरेको स्वीकार्दै अबको केही दिनमा यो समस्याको दिगो समाधान खोज्न सबै सरोकारवालासँग छलफल गरेर अघि बढ्ने बताए । 

यता, चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले पटक पटक सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दा पनि केही दिन पछि पुनः जस्ताको त्यस्तै हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

व्यापारीहरुले सडकमा पसल लगाए बापत भाडा तिर्ने गरेको बताउँछन् । कोहीले अगाडिको सटरवालालाई भाडा तिर्ने गरेका छन् भने कोहीले घरबेटीलाई भाडा तिर्ने गरेको बताउँछन् । 

यसरी सडक क्षेत्र भाडामा लगाएर गैरकानूनी असुली गर्ने अधिकार कसैलाई नहुने भए पनि नगरपालिका मौन बस्नु अर्थपूर्ण रहेको अधिबक्ता बिपीन गौतमको तर्क छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ