arrow

६६ प्रतिशत विद्युत् महसुल वृद्धि गर्न अनुमति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
Nepal-Electricity-Authority_1618034403.jpeg
तस्बिर – सांकेतिक ।

कोलम्बो । श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोग (पीयूसीएसएल) ले बुधबारदेखि लागू हुने गरी विद्युत् महसुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिएको छ ।

आयोगलाई जनवरीको सुरुमा राज्यको स्वामित्वमा रहेको विद्युत उत्पादक सिलोन इलेक्ट्रिसिटी बोर्ड (सीईबी) बाट घाटाबाट बच्नका लागि विद्युत शुल्कमा ६६ प्रतिशत वृद्धि गर्ने प्रस्ताव आएको थियो । 

आयोगलाई सम्झौतामा आउन करिब छ हप्ता लागेको छ । श्रीलङ्काको सरकारी तथ्याङ्कअनुसार सन् २०२२ मा सीईबीले  ४१ करोड ६० लाख अमेरिकी डलर बराबरको नोक्सानी व्यहोरेको थियो ।

श्रीलङ्काले सन् २०२२ को अगष्टमा विद्युत् महसुलमा ७५ प्रतिशतले वृद्धि गरे घाटामा रहेको भन्दै जनवरी २०२३ मा मन्त्रीपरिषद्लाई जानकारी गराएको थियो ।  

त्यसपछि मन्त्रीपरिषद्ले अर्को शुल्क वृद्धिलाई अनुमति दिएको थियो । आयोगले कुनै पनि शुल्क परिवर्तनहरू कार्यान्वयन गर्नुअघि अनुमति सरकारबाट स्वीकृति प्राप्त गर्नुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ