arrow

स्वीडेन र फिनल्याण्डको सदस्यता अनुमोदन गर्न टर्किएलाई नेटोको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
sweden-finland-nato-application-formally.PNG

काठमाडौं। ट्रान्स एट्लान्टिक सैन्य गठबन्धन (नेटो) का महासचिव जेन्स स्टोल्टनबर्गले स्वीडेन र फिनल्याण्डको सदस्यताको प्रस्तावलाई अनुमोदन गर्न टर्किएलाई आग्रह गरेका छन् ।

'मलाई विश्वास छ कि अब फिनल्याण्ड र स्वीडेन दुवैलाई अनुमोदन गर्ने समय हो,' स्टोलटेनबर्गले टर्किएका विदेशमन्त्री मेभलुट काभुसोग्लुसँग अंकारामा भएको वार्तापछि भनेका छन् ।

स्वीडेन र फिनल्याण्डले गत वर्ष युक्रेनमा रुसको आक्रमण पछि ट्रान्सएट्लान्टिक सैन्य गठबन्धनमा सामेल हुन आवेदन दिएका थिए। तर उनीहरूको सदस्यता हंगेरी र टर्किएले रोकेको छ।

अंकाराले स्टकहोमको सरकारलाई आतंकवादी संगठनहरू वा कुर्दिश समूहहरू लगायत आफ्नो अस्तित्वका खतराहरू ठानेका समूहहरूप्रति धेरै उदार भएको आरोप लगाएको छ।

काभुसोग्लुले स्टोलटेनबर्गसँगै टर्किएले फिनल्याण्ड र स्वीडेनको नेटोमा सामेल हुने विषयलाई अलग अलग रुपमा मूल्याङ्कन गर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ