arrow

सबैभन्दा धेरै निक्षेप भित्र्याउनेमा राष्ट्रिय वाणिज्य बैंक अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
Rastriya-Banijya-Bank.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा फड्को मारेको छ । राष्ट्रिय वाणिज्य बैंकको माघसम्म ३६ अर्ब रुपैयाँ बढेर २ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । 

चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुमा झण्डे २ खर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले गत असारदेखि माघसम्म १ खर्ब ९९ अर्ब ६६ करोड रुपैयाँ निक्षेप भित्र्याएका हुन् ।

गत असार मसान्तसम्म बैंकहरुमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप थियो । माघसम्म आइपुग्दा बैंकहरुमा ४७ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप पुगेको हो ।

समीक्षा अवधिमा १९ वटा बैंकको निक्षेप बढेको छ भने ३ वटा बैंकको निक्षेप घटेको छ । ७ महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै निक्षेप संकलन गरेको हो ।

दोस्रोमा नबिल बैंकको ३० अर्ब ८८ करोड रुपैयाँ बढेर ३ खर्ब ६० अर्ब रुपैयाँ र तेस्रोमा एनआईसी एशिया बैंकको २६ अर्ब ५२ करोड रुपैयाँ बढेर ३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै चौथोमा नेपाल बैंकको २१ अर्ब ७३ करोड बढेर २ खर्ब १८ अर्ब रुपैयाँ र पाँचौंमा ग्लोबल आईएमई बैंकको १८ अर्ब ९ करोड बढेर ४ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ