arrow

राष्ट्रिय वाणिज्य बैंकको राष्ट्रसेवक कर्जा, कस्ताले पाउँछन् ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
Rastriya-Banijya-Bank.jpg

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले सरकारी कर्मचारीका लागि विशेष कर्जा ल्याएको जनाएको छ । नेपाल सरकार, सार्वजनिक संस्थान, प्रतिष्ठान, परिषद् लगायतका सरकारी कर्मचारीहरूको लागि बैंकले राष्ट्रसेवक कर्जाको व्यवस्था गरेको हो । 

विविध व्यक्तिगत आवश्यकता पूरा गर्न वाणिज्य बैंकले विभिन्न प्रकारका आकर्षक कर्जाहरू उपलब्ध गराउँदै आएकामा राष्ट्रसेवक कर्जा पनि रहेको छ ।  

बैंकका उपभोक्ता कर्जा विभाग प्रमुख भोलानाथ पौडेलले कुनै पनि प्रकारका व्यक्तिगत आवश्यकता पूर्ति गर्नका लागि विभिन्न शीर्षकमा ऋण उपलब्ध गराउँदै आएको जानकारी दिएका हुन् । 

उनले कर्जाको प्रकृति हेरेर विभिन्न कर्जाको ऋण रकम, त्यसको अवधि र ब्याजदर भने फरक– फरक रहेको जानकारी दिए । 

हाललाई बैंकले विभिन्न १० शीर्षकमा कर्जा उपलब्ध गराउँदै आएको बताउँदै कर्जा प्रमुख पौडेलले बहालवाला कर्मचारीका लागि पनि कर्जाको व्यवस्था गरेको जानकारी दिए । उनीहरूलाई राष्ट्रसेवक कर्जा उपलब्ध गराइन्छ । 

कस्तालाई राष्ट्रसेवक कर्जा ? 

कर्जा प्रमुख पौडेलका अनुसार नेपाल सरकार, सार्वजनिक संस्थान, प्रतिष्ठान, विश्वविद्यालय, परिषद् लगायतका सरकारी सेवामा बहालवाला स्थायी कर्मचारीहरूको लागि बैंकले राष्ट्रसेवक कर्जाको व्यवस्था गरेको छ । 

यस्तो कर्जाको अधिकतम सीमा २० लाख रुपैयाँ रहेको छ भने अधिकतम १० वर्षभित्रमा यस्तो कर्जा चुक्ता गरिसक्नुपर्नेछ । 

कर्जा सीमा निर्धारण गर्दा ग्राहकले पछिल्लो ५ वर्षमा खाइपाइ आएको कूल तलबमा नबढ्ने गरी कर्जा सीमा निर्धारण गरिनेछ । 

कर्जा लिन के छन् सर्तहरू ?

यस प्रकारको कर्जाको लागि ग्राहकले कर्जा सीमा खाम्ने गरी अचल सुरक्षणको रूपमा घरजग्गा धितो दिनुपर्ने छ । 

साथै कर्जाको अतिरिक्त सुरक्षणको रुपमा परिवारका अन्य सदस्यहरूको व्यतिmगत जमानत अनिवार्य रहेको कर्जा प्रमुख पौडेलले जानकारी दिए । 

कर्जाको भुक्तानी मासिक रूपमा हुने गरी मासिक समान किस्ता कायम गरिएको हुन्छ । 

यस्तो किस्ता कायम गर्दा मासिक खाइपाइ आएको तलब भत्ताको ५० प्रतिशतले किस्ता तिर्न पुग्ने गरी कर्जा सीमा स्वीकृत गरिएको हुन्छ । 

के मद्धत गर्छ यो कर्जाले ?

राष्ट्रसेवक कर्मचारीहरूको व्यक्तिगत वित्तीय आवश्यकता पूरा गर्नका लागि यो कर्जा निकै उपयोगी कर्जा हो । 

यस्तो कर्जा प्रशोधनको समय छोटो हुने हुनाले तत्काल वित्तीय आवश्यकता पूरा गर्न सहयोगी हुन्छ । 

कर्जा ग्राहकको कर्जा भुक्तानी गर्ने श्रोत नियमित र स्थायी प्रकृतिको भएको हुनाले यस प्रकारको कर्जामा जोखिम कम हुन्छ । 

कति छ यसको ब्याजदर ?

कर्जा प्रमुख पौडेलका अनुसार यस्तो कर्जामा लाग्ने ब्याजदर बैंकको आधारदरमा २ प्रतिशत प्रिमियम थप गरी वार्षिक ब्याजदर कायम गरिएको हुन्छ । 

हालको आधार दर अनुसार यस्तो कर्जाको वार्षिक व्याजदर ६.२५ प्रतिशत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ