राष्ट्रिय वाणिज्य बैंकले चार लाखदेखि अर्बौंसम्म दिन्छ ऋण – प्रमुख पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
232
Shares
काठमाडौँ । देशको सबैभन्दा विश्वासिलो बैंक राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई विभिन्न किसिमका ऋणहरू प्रदान गरेर सम्रग आर्थिक विकासमा सहयोग गर्दै आइरहेको छ ।
बैंकले स्थापना कालदेखि नै विभिन्न ऋणहरू प्रदान गर्दै आइरहेको हो । बैंकका उपभोक्ता कर्जा विभाग प्रमुख भोलानाथ पौडेल यस बैंकबाट सबै प्रकारका ऋणहरू प्रवाह गरिने बताउँदै विपन्नदेखि उच्च वर्गका सबैले ऋण पाउने बताउँछन् ।
उनी यस बैंकले विपन्न वर्गका ग्राहकहरुको लागि चार लाख रुपैयाँदेखि ठूला ठूला उद्यमीहरूलाई परियोजना सञ्चालनका लागि अर्बौँ रुपैयाँसम्मको ऋण प्रवाह गर्ने बताउँछन् ।
यसबाट बुझिन्छ कि राष्ट्रिय वाणिज्य बैंकले चार लाखदेखि परियोजनाका लागि चाहिने अर्बौं रुपैयाँ ऋण उपलब्ध गराउँछ । यिनै विषयमा आधारित रहेर कर्जा विभाग प्रमुख पौडेलसँग संक्षेपमा कुराकानी गरेका छौँ ।