arrow

सेना दिवसमा आउँदै भारतीय सेनाका पूर्व पाँच प्रमुखहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
sena-diwas.JPG
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पूर्व प्रमुख नेपाल आउने भएका छन् । 

टुडिखेलमा भोलि हुने विशेष कार्यक्रममा सहभागी हुन लागि भारतीय सेना प्रमुखहरु नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन लागि भारतीय सेनाका पूर्व प्रमुखहरुलाई आमान्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको उनको भनाइ छ ।

नेपाली सेना दिवस हरेक शिवरात्रीको दिनमा मनाउने गरिन्छ । यो वर्ष शिवरात्रि फागुन ६ गते परेको छ।  हरेक वर्ष महाशिवरात्रीको दिन सेना दिवस मनाइने गर्छ। यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ