arrow

आईपीओ बाँडफाँट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
ipo-final.jpg

काठमाडौं । सुपरमाई हाइड्रोपावरको आईपीओ शुक्रबार बिहान बाँडफाँट भएको छ। यस कम्पनीको आईपीओ बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर हात पारेका छन् । 

उक्त आईपीओका लागि कुल १३ लाख २२ हजार ४९२ जनाले आवेदन दिएकोमा ४ हजार १७२ जनाको आवेदन रद्द भएको बिक्री बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। 

कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागी कुल ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता शेयर बिक्री गरेको थियो।

यस्तै, सामूहिक लगानी कोषको लागि ५ प्रतिशत अर्थात् २५ हजार कित्ता र २ प्रतिशत अर्थात् १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरू छुट्याएको हो । बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो। 

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ