काठमाडौँ। कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्ड बाट पाएको थियो । जसमध्ये केही हिस्सा प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड भइसकेको छ ।
अब ४१ हजार दुई सय ५० कित्ता सामूहिक लगानी कोष र १६ हजार पाँच सय कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी छ लाख ८४ हजार सात सय ५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति चैत २५ गते तोकिएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आवेदन सीडीएस एण्ड क्लियरिङ लिमिटेड को ‘मेरो शेयर’ प्रणाली तथा सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ ।