arrow

टाटाको इभी लर्निङ्ग सेन्टरमा विद्युतीय गाडी सञ्चालनको प्रणालीबारे सिप्रदीद्वारा जानकारी (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
tata-ev-showroom.jpg

काठमाडौँ। टाटाको मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले हालसालै आफ्नो "इभी लर्निङ्ग सेन्टर" र ब्याट्री मर्मत केन्द्रहरूको भ्रमण कार्यक्रम गरेको छ। यस कार्यक्रमको दौरानमा विभिन्न सञ्चार कर्मीहरूलाई थापाथली स्थित टाटाको सोरुमबाट यस ब्राण्डका विद्युतीय गाडी (इभी) प्रयोग गरी  क्रमशः नैकाप एवं बागडोल पुर्‍याइएको थियो।

नैकापमा सिप्रदीको "इभी लर्निङ्ग सेन्टर" अवस्थित छ जहाँ उनीहरूलाई  विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको  थियो।

कार्यक्रममा मूलतः विद्युतीय गाडीको ब्याट्रीले विद्युतीय सञ्चार मार्फत कसरी कार्य गर्दछ भन्ने बारे जानकारी दिइएको थियो। कुनै कारणवश ब्याट्रीमा समस्या देखा परेमा यसका निश्चित अवयवहरू जस्तै "मोडुल" र "सेल" परिवर्तन गरी यसको समाधान  अत्यन्त कम खर्चमा सहज तवरले गर्न सकिन्। यसबारे पत्रकारहरूलाई विस्तृत जानकारी प्रदान गरिएको थियो।

नेपाली अटो मोबाइल बजारमा यदि इभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खचिलो र झन्झटिलो हुने भ्रम रहेकोले उक्त भ्रम चिर्न यस्तो कार्यक्रमको आयोजना गरिएको  सिप्रदीले जनाएको छ।

त्यसै गरी, भ्रमण कार्यक्रममा सहभागी सञ्चार कर्मीहरूलाई ललितपुरको बागडोलमा अवस्थित टाटाको "सर्भिस सेन्टर"को अवलोकन गराइएको थियो। अवलोकनको क्रममा विशेषतः इभीको मर्मत सम्भारको लागि प्रयोग गरिने प्राविधिक पक्षहरू बारे सूचित गरिएको थियो। यसको अतिरिक्त इभीको ब्याट्रीको समस्या कसरी निरूपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो।

टाटाको मात्र नभई नेपालको समग्र विद्युतीय गाडीको बजार अभिवृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले यस भ्रमण कार्यक्रमको आयोजना गरिएको सिप्रदीको दाबी रहेको छ।

यस कम्पनीले केही समयदेखि टाटाका वातावरण, आराम, सुरक्षा एवं डिजाइनको दृष्टिकोणले उत्कृष्ट  इभीहरू नेपाली बजारमा विक्री वितरण गरिरहेको छ। यसै गरी यसले यस्ता गाडीहरूको बजारलाई प्रभावकारी एवं दिगो रूपमा विकास गर्न आवश्यक पूर्वाधार (जस्तै चर्जिङ्ग स्टेसन) एवं जनशक्तिको  विकास पनि तीव्र गतिमा गरिरहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ