arrow

शान्ति सुरक्षामा चुनौती बढेको सेनाको दाबी, सामना गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
Nepalisena-2.jpg

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापना दिवस मानउने क्रममा मुलुकको शान्ति सुरक्षामा चुनौती बढ्दै गएको संकेत गरेको छ । केही दिनदेखि नेपाली सेनाले मुलुकको समग्र सुरक्षा व्यवस्थाबारे विश्लेषण गर्दै त्यस्तो संकेत गरेको हो । 

महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औँ वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले सुरक्षा चुनौती बढ्दै गएको बताएका छन् । सम्बोधन गर्दै उनले दिनदिनै सुरक्षा चुनौती बढ्दै गएको बताएका हुन् ।

 ‘हिजोभन्दा आज र आजभन्दा भोलि सुरक्षा चुनौती झन् झन् संवेदनशील र पेचिलो बन्दै गइरहेकाले आइपर्न सक्ने जस्तोसुकै परिस्थितिको कुशलतापूर्वक सामना गर्न सकलदर्जाले पेशागत ज्ञान, सीप र बन्दोवस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाइराख्नु आजको आवश्यकता हो’, प्रधानसेनापति थापाले भनेका थिए । 

सेनाले आन्तरिक सुरक्षा र बाह्य सुरक्षाको बारेमा समग्र विश्लेषण गर्दै आएको छ । त्यसक्रममा पाँच वटै पृतनापतिहरुको सम्मेलन गरेको थियो । साथै बाहिनीपतिहरुको पनि सम्मेलन गरिसकेको छ । 

उनीहरुबाट आएको रिपोर्टिङको आधारमा प्रधानसेनापति शर्माले सुरक्षा चुनौती रहेको संकेत गरेका हुन् । सम्बोधनको क्रममा प्रधानसेनापति शर्माले मित्रराष्ट्रका सेनाहरुसँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरु विस्तार गरी क्षमता अभिवृद्धि तथा दिगो सैनिक कूटनीतिअनुरुप अगाडि बढ्दै गएकोसमेत बताएका थिए । 

उनले विपद व्यवस्थापन र उद्दारजस्ता कार्यमा क्षमता र हौसलाका साथ हरहमेसा तयारी अवस्थामा रहनु पर्ने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ