arrow

भारतको आसाममा भीषण आगलागी, २५० पसल जलेर नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
aaglagi-ilam-namsaling.gif

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य आसामको एक बजार मा शुक्रबार भएको भीषण आगलागीमा झण्डै २५० पसल जलेर नष्ट भएका छन् । घटनामा कुनै हताहती भने भएको छैन । 

आसामको राजधानी शहर दिसपुरबाट २९९ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको चोक बजारमा बिहीबार राति आगलागी भएको हो ।

“आगलागीमा २४६ पसल जलेर नष्ट भएको जोरहाटका डेपुटी कमिश्नर पुलक महन्ताले सिन्ह्वालाई  बताएका छन् । अहिले आगो पूर्णतया नियन्त्रणमा आएको र कुनै मानवीय क्षति भने नभएको उनले बताएका छन् ।

अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिन ५० वटा दमकल परिचालन गरिएको र आगो निभाउन करिब १० घण्टा लागेको थियो । प्रारम्भिक अनुसन्धानले एउटा पसलमा सर्ट सर्किट भई आगो लाग्दा अन्य पसलमा पनि फैलिएको थियो ।   

आगलागीका समयमा सबै पसलहरू बन्द रहेकाले कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ