arrow

हङकङको जनसंख्या घट्दो क्रममा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
Hong-Kong.jpg

हङकङ । सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसंख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसंख्या गत वर्षको अन्त्यमा शून्य दशमलव नौ प्रतिशतले घटेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ । 

सन् २०२२ को अन्त्यमा यहाँको जनसंख्या ७३ लाख ३३ हजार दुई सय अभिलेखीकरण भएको थियो ।

त्यस वर्ष ३२ हजार पाँच सय शिशुको जन्म भयो भने ६२ हजार एक सय जनको मृत्यु भएको जनगणना विभागले बताएको छ ।

कोराना महामारीका कारण मृत्युको अनुपात बढेको अनुमान गरिएको छ । 

यसैबीच हङकङले चिनियाँ मुख्य भूमि र विश्वका अन्य देशबाट पर्यटक भित्र्याउन कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाएपछि  यहाँको अर्थतन्त्र गतिशील हुने ठानिएको छ । 

पाँच लाख पर्यटकलाई निःशुल्क यात्राको व्यवस्था मिलाउने घोषणा विशेष प्रशासनिक क्षेत्र सरकारले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ