arrow

कार्यसम्पादन मूल्यांकनमा महाराजगंज नगरपालिका उत्कृष्ट

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७९ फागुन ६ शनिबार
Maharajgunj_Nagarpalika.png

कपिलवस्तु । स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा महाराजगंज नगरपालिका जिल्लामा उत्कृष्ट भएको छ । म्रल्याकंनका १७ वटा सूचकलाई आधार मान्दा महाराजगंज उत्कृष्ट बन्न सफल भएको हो ।

महाराजगंजले ६८ दशमलव ६७ अंक प्राप्त गरी जिल्ला प्रथम भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राजस्व सकंलन लक्ष्य पूरा गरेको, संचित कोष ब्यवस्थापन प्रणाली लागू गरेको, आवधिक योजना तर्जुमा गरेको, नीति कार्यक्रम तथा बजेट समयमा पेस गरेको, आयब्यय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण समयमै पेस गरेको लगायतका १७ वटा सूचांक पूरा गरेकोले जिल्लामा प्रथम भएको हो ।

महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले पालिका प्रथम स्थान हासिल गर्ने कार्यमा सहयोग पुर्याउने सबै प्रतिनिधि तथा कर्मचारीहरुलाई धन्यवाद दिए । महाराजगंज नगरपालिकाको नगरप्रमुख भने, ‘नगरपालिकालाई थप उच्च कार्यसम्पादन सहित सरल सेवा प्रवाहका अहोरात्र खटिनु भएका सम्पुर्णलाई धन्यवाद छ ।’

महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेअनुसारको काम गरेपछि जिल्ला प्रथम भएको बताए ।

जिल्लाको बाणगंगा नगरपालिका ५५.४७, बुद्धभूमि नगरपालिका ६०.०९, शिवराज नगरपालिका ६१.७५ कृष्णनगर नगरपालिका ४८.०४, कपिलवस्तु नगरपालिकाले ५२.९८ प्रतिशत अंक ल्याएका हुन् ।

त्यसैगरी विजयनगर गाउँपालिका ५७.५३, यशोधरा गाउँपालिका ६२.०७, मायादेवी गाउँपालिका ५४.२३ र शुद्धोधन गाउँपालिकाले ५३.५२ अंक ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ