arrow

प्रज्ञा प्रतिष्ठानका नियुक्तिमा जसपाको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
pragya-pratisthan.jpg
तस्बिर – फाइल ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानमा गरेका नियुक्तिप्रति जसपा नेपालले ध्याकर्षण भएको भन्दै आपत्ति जनाएको हो । 

सरकारले बिहीबार तीनैवटै प्रतिष्ठानमा नियुक्ति गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित सरकारी निवासमा तीनै प्रतिष्ठानका कुलपतिहरुलाई शपथ पनि गराएका थिए ।

जसपा नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक विज्ञप्ति निकाल्दै सहमति प्रकट गरेका हुन् । 

‘संविधानको मर्म, भावना तथा समावेशीको सिद्धान्त विपरीत गरिएका नियुक्तिहरुलाई सच्चाई समानुपातिक समावेशीको मूल मर्म अनुकूल हुने गरी नियुक्त गर्न जसपा नेपाल, जोडदार माग गर्दछ’ बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ