arrow

प्रवासको पत्रकारिता

logo
संगिता कुँवर,
प्रकाशित २०७३ असोज ८ शनिबार
SANGITA-kunwar.jpg.jpeg
आफ्नो जन्मभुमि छोडेर परदेशमा दैनिकी बिताउन लाखौ नेपाली बाध्य छन् । अझ यहि दैनिकीमा प्रवासमा पत्रकारितालाई निरन्तरता दिनु धेरै चुनौतीपुर्ण छ । प्रवासमा अभाव र ब्यस्तताका बिच पत्रकारीता गरिरहेकाहरुले आफ्नो पेशाप्रति पनि खुलेर परिचय दिन सकिरहेका छैनन् । अभाव, ब्यस्तता बिच पनि प्रवासमा हुने नेपालीका समस्या र समाधानबारे बोल्ने लेख्ने पत्रकार पनि साच्चै पत्रकारितामा सद्भाव र माया देखाउनेहरु हुन् । बौद्धिक प्रतिस्पर्धा हुने पत्रकारिता पेशामा लागेका पत्रकारले अवसर भन्दा पनि धेरै चुनौती नै खेप्नु परेको छ प्रवासमा । 
 
चुनौति र अभावका बिच जिम्मेवारपूर्वक गर्नुपर्ने भएकोले सफल मानिएका पत्रकारका कलम पनि प्रवासमा बिस्तारै रोकिएका छन्। पत्रकारितामा निरन्तर लागिरहनेहरु चुनौती नै चुनौतीका विचमा काम गरिरहेका छन् । समाजका पिडा, खुसी र समस्यासँग नजिक रहेर बुझ्न सकिने पेशा नै पत्रकारीता हो । पत्रकारिताको माध्यमवाट समाजका कुराहरु जति उठान गर्न सकियो त्यति नै त्यस्ता विषयहरुको सम्बोधनमा पनि दबाब हुन सक्छ । पत्रकारिताप्रति लगाव हुनेहरु अमेरिका, जापान कोरिया, कतार, दुवई लगाएतका देशबाट पनि आफ्नो कामसंगै पत्रकारितामा लागिपरेका छन् । ६० हजार नेपाली रहेको जापानमा नेपालीका समस्या र सफलतासँग नजिक बनेर बनाईएका लेख र समाचारले कसैको दैनिकी परिवर्तन पो गर्न सकिन्छ कि ? तर यदि त्यो समाचार लेखेबापत ईन्टरनेट र मोबाईल खर्च नै पाउन सकिदैन भने किन गर्ने पत्रकारिता किन बन्ने पत्रकार ? यस्तै चुनौतीका बिच पनि जापानमा ३ दर्जन पत्रकार क्रियाशिल छन् । 
 
अझ संख्याले औलामा गन्ने महिला पत्रकारको सहभागीता पनि न्युन बन्दै गएको छ । सहकर्मीको दुर्व्यवहार र असहयोग महिलाका लागि चुनौतीपुर्ण छ । आफुले काम गर्ने सञ्चारगृहमा माथिल्लो भुमिकामा नराख्नु, सञ्चार गृहमा महिला पत्रकार महिला भएकै कारण गर्न सक्दैनन् भन्ने सोच हुनु, प्राथमिकताका साथ अवसर नहुनु पनि महिला पत्रकारको संख्यात्मक बृद्धि हुन नसक्नुको कारण हो । प्रवासमा पनि पत्रकारिताप्रतिको आकर्षण बढ्दै गएपनि पेशाकै रुपमा पत्रकारिता बन्न नसक्नु दुखद पक्ष हो । 
 
यदि स्वस्थ समाजको निर्माण गर्ने हो भने सञ्चार क्षेत्रमा पत्रकार खुलेर आफ्नो पेशा गर्न सक्दैनन् ? पत्रकारीतामा तिखारिएका पत्रकार पनि किन पलायन भईरहेका छन् ? पेशागत रुपमा क्षमताको आधारमा पत्रकारलाई अवसर दिदैँ जाने हो भने प्रवासका पत्रकार पनि खुलेर आफ्नो पेशाप्रति गौरव गर्न सक्छन् । जसरी सम्बृद्द समाज बनाउन राजनीतिज्ञ, बिद्वान, डाक्टर, ईन्जिनियरको आवश्यक छ पत्रकार बिना पनि स्वस्थ्य समाजको कल्पना गर्न सकिदैन् । समाज परिवर्तनमा लगाव राख्ने पत्रकारको पेशागत सुरक्षा सहित सिप क्षमता बढाउन पत्रकारसँग सम्वन्धित संघ संस्थाले पहल गरोस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ