- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउडका सशक्त निर्देशक सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिजमा मनिषा कोइरालादेखि सोनाक्षी सिन्हासम्म देखिने भएका छन् ।
उनको उक्त ‘हीरामन्दी’ वेब सिरिजमा मनिषा र सोनाक्षीसँगै अदिती राव, रिचा चढ्ढा, शर्मिन सेगल र सन्जीदा शेख रहेका छन् ।
उनीहरुले निकै नै महंगा र गह्रौं गरगहना लगाएको टिजरमा देखिन्छ । सबैले एउटै पोशाक लगाएका छन् ।
यो सिरिजले भारतीय संस्कृतिलाई बाहिर ल्याउन खोजेको देखिन्छ । यो हीरामन्दीको सांस्कृतिक वास्तविकता भएको दाबी गरिएको छ ।
सन् ४० को दशकमा स्वतन्त्रताका क्रममा गर्नुपरेको संघर्ष, माया, प्रेम, घृणा, पराजय, राजनीति लगायत सबै कुराको मिश्रण हीरामन्दीमा देख्न सकिने बताइएको छ ।
यसको सार्वजनिक तिथि भने सार्वजनिक गरिएको छैन ।